बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

तरलता सहज हुँदै गएपछि ट्रेजरी बिल्सको दर एकल अंकमा

मंगलबार, माघ १० २०७९
तरलता सहज हुँदै गएपछि ट्रेजरी बिल्सको दर एकल अंकमा

काठमाडौं- बैंकमा तरलता सहज हुँदै गएसँगै ब्याजदर घट्ने क्रम जारी छ। सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ९१ दिन अवधिको ट्रेजरी बिल्सको दर पनि एकल अंकमा झरेको छ। वित्तीय संस्थाहरूले पनि माघ १ देखि ब्याजदर घटाएका छन्। 

सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको ९१ दिन अवधिको ट्रेजरी बिल्सको दर ९.८१ प्रतिशतमा झरेको छ। यसअघि गत माघ ३ गते जारी गरेको ९१ दिन अवधिको ट्रेजरी बिल्सको दर १०.५८ प्रतिशत थियो। तरलता सहज हुँदौ जाँदा ट्रेजरी बिल्सको दर पनि लगातार घट्दै गएको छ।

पछिल्लो केहि समयदेखि नै ट्रेजरीको दर निरन्तर रुपमा घट्दै गएको छ। करिब साढे ११ प्रतिशतसम्म पुगेको २८ दिन अवधिको ट्रेजरी बिल्सको दर अहिले घटेर ७.९३ प्रतिशतमा झरेको छ।

वाणिज्य र विकास बैंकहरूले ले ब्याजदर घटाएका थिए। माघ १ गते देखि लागु हुनेगरी ब्याजदर घटाउका हुन्। 

वाणिज्य बैंकहरूले हुनेगरी १.१३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। यो सँगै निक्षेपको नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ। यसअघि बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दती निक्षेपमा १०.१३ प्रतिशत दिने गरेका थिए। 

यता विकास बैंकहरूले पनि माघमा ब्याजदर घटाएका छन्। विकास बैंकहरूले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशत घटाएर माघ महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको छ।


प्रकाशित : मंगलबार, माघ १० २०७९०५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend