शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

६ महिनामा ७ खर्ब ९२ अर्बको आयात हुँदा ८० अर्ब ८० करोडको निर्यात

images
सोमबार, माघ ९ २०७९
images
images
६ महिनामा ७ खर्ब ९२ अर्बको आयात हुँदा ८० अर्ब ८० करोडको निर्यात

चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा नेपालले भारत तथा तेस्रो मुलुकबाट ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान आयात गरेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा नेपालले भारत तथा तेस्रो मुलुकबाट ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान आयात गरेको छ।

images
images
images

६ महिनामै ८० अर्ब ८० करोड रुपैयाँको मात्रै निर्यात भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा २०.६८ आयात घटेको छ। यसैगरी निर्यात पनि ३२.०१ प्रतिशतले कमी आएको हो।

images

गत आवको सोही अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको आयात तथा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो।

images

यसैगरी वैदेशिक ब्यापार घाटा पनि १९ प्रतिशतले घटेको छ। चालु आवको ६ महिनामा ७ खर्ब ११ अर्बको वैदेशिक व्यापार घाटा छ।

चालु आवको ६ महिनामा ८ खर्ब ७३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ।

वैदेशिक व्यापारमा पनि २१.८९ प्रतिशतले कमी भएको छ। गत आवको ६ महिनामा ११ खर्ब १८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको विभागले जनाएको छ।


प्रकाशित : सोमबार, माघ ९ २०७९११:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend