बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नाफामा छलाङ मारेपछि एभरेष्ट बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कतिसम्म पुग्ला?

सोमबार, माघ ९ २०७९
नाफामा छलाङ मारेपछि एभरेष्ट बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, कतिसम्म पुग्ला?

काठमाडौं- समग्र बजार घट्दा पनि एभरेष्ट बैंकको सेयर मूल्यमा भने उभार आएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय विवरणमा आकर्षक सुधार गरेको एभरेष्ट बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन्। 

एभरेष्ट बैंकको एकैदिन २० रुपैयाँ बढेर ५३८ रुपैयाँले कायम भएको छ। १ लाख ८५ हजार कित्ता कारोबार हुँदा १० करोडको कारोबार भएको छ।

चालु आवको ६ महिनामा एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ।

गत आवको सोही अवधिमा बैंकको नाफा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ। यो अवधिमा बैंकले २ अर्ब ८४ करोड ६९ लाख ६८ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ।

१० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९० करोड ९ लाख ८५ हजार रुपैयाँ रहेको छ।

बैंकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.५५ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म एक खर्ब ८० अर्ब ७९ करोड २९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ५७ अर्ब ९२ करोड ७३ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा रहेको छ।

अघिल्लो बुलमा ३८०० रुपैयाँ पुगेको सेयर मूल्य घटेर ४११ रुपैयाँसम्म झरेको थियो। पछिल्लो समय पुनः बढेर ५३८ रुपैयाँ पुगेको छ। बैंकको गतवर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांशसमेत दिएको छ। 

सेयरधनीहरूलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.६८ प्रतिशत नगद लाभांश दिएको छ। 


प्रकाशित : सोमबार, माघ ९ २०७९०९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend