बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उचाइतर्फ बढेको सेयर बजार पुन: उतारचढावमा

सोमबार, माघ ९ २०७९
उचाइतर्फ बढेको सेयर बजार पुन: उतारचढावमा

काठमाडौं- नयाँ सरकार आएसँगै उचाइतर्फ बढेको सेयर बजार पुन: उतारचढावमा देखिएको छ। यसअघि पनि केही ठूला लगानीकर्ताकै वरपर घुमिरहने बजार अहिले उही अवस्थामा देखिएको विश्लेषकहरू बताउँछन्।

यो साताको पहिलो कारोबारमा सोमबार १३.७१ अंकले घटेर बजार २१६५.१० बिन्दुमा झरेको छ। सोमबार ४१ कम्पनीको मात्र सेयर मूल्य बढ्दा ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन।  

गएको साताको पहिलो कारोबारमा मंगलबार ३२.७२ अंकको वृद्धि देखिएको बजार बुधबार घटेको थियो। बुधबार ९.०१ अंकले घटेको बजार बिहीबार ५.७१ झिनो अंकले बढेको थियो। 

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। बजारमा अहिले पनि विश्वासयोग्य वातावरण बनेको हो या उतारचढावमै रहेको हो भन्ने यकिन नदेखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, माघ ९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend