बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का

सोमबार, माघ ९ २०७९
नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)  ले नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरेको छ। कम्पनीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा लाभांश घोषणा गरेको भन्दै नेप्सेले सोमबारदेखि सेयर कारोबार रोक्का गरेको हो। 

सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ। बजार खुला भएको बेला सेयर मूल्यमा प्रभाव पार्ने सम्वेदनशील सूचना सार्वजनिक गर्न पाईंदैन। यसैकारण नेप्सेले यस कम्पनीको सेयर कारोबार रोक्का गर्दै स्पष्टीकण मागेको हो। 

mmm.JPG


प्रकाशित : सोमबार, माघ ९ २०७९०८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend