काठमाडौं- सोमबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। आइतबारको तुलनामा सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँ बढेको हो।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेर १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।