बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

शनिबार, माघ ७ २०७९
एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयँ पुगेको छ।

काठमाडौं- चालु आवको ६ महिनामा एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकको नाफा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयँ पुगेको छ।

गत आवको सोही अवधिमा बैंकको नाफा ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ। यो अवधिमा बैंकले २ अर्ब ८४ करोड ६९ लाख ६८ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ।

१० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९० करोड ९ लाख ८५ हजार रुपैयाँ रहेको छ।

बैकको खराब कर्जा ०.२६ प्रतिशतबाट बढेर ०.५५ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म एक खर्ब ८० अर्ब ७९ करोड २९ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक खर्ब ५७ अर्ब ९२ करोड ७३ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। प्रतिसेयर आम्दानी २९ रुपैयाँ ६९ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा रहेको छ।


प्रकाशित : शनिबार, माघ ७ २०७९१०:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend