बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हिमालयन बैंकसँग विलय हुन लागेको सिभिलको नाफा २६.३९ प्रतिशतले बढ्यो

शनिबार, माघ ७ २०७९
हिमालयन बैंकसँग विलय हुन लागेको सिभिलको नाफा २६.३९ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३९ प्रतिशत बढी हो।

काठमाडौं- हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा र वित्तीय सूचक बढेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.३९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३७.४२ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २८.५० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोडबाट बढेर ४५ करोड २३ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ३८ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष २४.१५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप ०.२३ प्रतिशत बढेको छ भने कर्जा १.२७ प्रतिशत बढेको छ।


प्रकाशित : शनिबार, माघ ७ २०७९१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend