बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनएमबि बैंकको नाफासँगै अधिकांश वित्तीय सूचकमा सुधार

शनिबार, माघ ७ २०७९
एनएमबि बैंकको नाफासँगै अधिकांश वित्तीय सूचकमा सुधार

काठमाडौं- एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ प्रतिशतले नाफा बढाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन ११.११ प्रतिशत धेरै हो।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ। समिक्षा अवधिमा बैंकले १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकले पुससम्ममा ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ, रिटर्न अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ र रिर्जभमा ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा, नेटवर्थ प्रतिसेयर १ सय ४८ रुपैयाँ १० पैसा छ। बैंकको खराब कर्जा अनुपात २.२४ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.२७ प्रतिशत, आधार दर १०.६८ र स्प्रेड दर ४.१९ प्रतिशत छ।


प्रकाशित : शनिबार, माघ ७ २०७९१०:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend