बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेञ्चुरीलाई एक्वायर गरेको प्रभु बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

शनिबार, माघ ७ २०७९
सेञ्चुरीलाई एक्वायर गरेको प्रभु बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ।

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंकले एक्वायर गरेर एकिकृत कारोबार सुरु गरेको प्रभु बैंक नाफा र ईपीएस दुबै घटेको छ।

दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ६७ पैसा घटेर १० रुपैयाँ १९ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पुँजी ८५.२५ प्रतिशत बढेको छ भने जगेडा कोष ४६.६९ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ५१.६५ प्रतिशत बढेको छ भने कर्जा ६८.७९ प्रतिशत बढेको छ। 

 


प्रकाशित : शनिबार, माघ ७ २०७९१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend