शनिबार, जेठ ५ गते २०८१    
images
images

पौने ३ अर्ब नाफा गरेको ग्लोबल आईएमईको प्रतिसेयर आम्दानी कति?

images
शनिबार, माघ ७ २०७९
images
images
पौने ३ अर्ब नाफा गरेको ग्लोबल आईएमईको प्रतिसेयर आम्दानी कति?

जुन गत आवको सोही अवधिको तुलनामा ४.४६ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो। यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

images
images

काठमाडौं- पुस मसान्तसम्म ग्लोबल आईएमई बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

images
images
images

जुन गत आवको सोही अवधिको तुलनामा ४.४६ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो। यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ।

images

पुस मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढेको छ। जसले गर्दा बैंकको नाफा बढ्न सफल भएको छ। बैंकले ६ महिनाको अवधिमा ६ अर्ब ५४ करोड ३० लाख ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। बैंकको खराब कर्जा १.१३ प्रतिशतटबाट बढेर २.९२ प्रतिशत पुगेको छ ।

images
images

३५ अर्ब ७७ करोड १० लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ३१ करोड ९३ लाख ९० हजार रुपैयाँ रहेको छ। ४ खर्ब ३ अर्ब ६८ करोड ३६ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ६३ अर्ब २३ करोड ९४ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

images
images

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७ पैसा रहेको बैंकको नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा छ। हाल ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई गाभेर एकिकृत कारोबार गरिसकेको छ।


प्रकाशित : शनिबार, माघ ७ २०७९१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend