बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनआईसी एसियाको नाफामा छलाङ, ३ अर्ब २७ करोड नाफा गर्दा ३६ प्रतिशतले बढ्यो

शनिबार, माघ ७ २०७९
एनआईसी एसियाको नाफामा छलाङ, ३ अर्ब २७ करोड नाफा गर्दा ३६ प्रतिशतले बढ्यो

काठमाडौं-एनआईसी एसिया बैंकले ६ महिनामा  ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले दोस्रो त्रैमाससम्म उक्त नाफा गर्न सफल भएको हो। गतवर्षको तुलनामा ३६ प्रतिशतको वृद्धि हो ।

दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २६६.६८ अर्ब पुर्याउन सफल भएको छ। साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.७० अर्ब पुर्याउन बैंक सफल भएको छ। 

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २४.७५ प्रतिशत रहेको छ। साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी ५६.७७ आर्जन गर्न बैंक सफल भएको छ। स्व–पूँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २२ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा ०.६१ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ।

दोस्रो त्रयमाससम्ममा ३ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक पुगेको समेत बैंकले जनाएको छ।   यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ। 

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको छ।  गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको थियो। 

 


प्रकाशित : शनिबार, माघ ७ २०७९०२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend