बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

दोस्रो त्रैमासको उत्साहपूर्ण वित्तीय सूचकले निफ्राको सेयर मूल्यमा यसकारण आउनसक्छ उभार

शनिबार, माघ ७ २०७९
दोस्रो त्रैमासको उत्साहपूर्ण वित्तीय सूचकले निफ्राको सेयर मूल्यमा यसकारण आउनसक्छ उभार

निफ्राको सेयर मूल्य घटेर दुई वर्षयताकै सस्तो मूल्यमा झरेको छ। कम्पनीको पछिल्लो समय घटेर सेयर मूल्य १७६ रुपैयाँसम्म आएको थियो।

काठमाडौं- एक वर्षयता नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को  सेयर मूल्य ३१ प्रतिशत घटेको छ। दुई वर्षयताको तुलनामा भने शतप्रतिशतले मूल्य घटेको छ। जसका कारण निराश लगानीकर्तामा ६ महिनाको वित्तीय विवरणले भने आशा जगाएको छ।

पछिल्लो ६ महिनामा ७३ प्रतिशतले नाफा बढाएको निफ्राले वितरणयोग्य नाफामा समेत उल्लेख्य वृद्धि गरेको छ।बजार बढ्दासमेत निफ्राको व्यापार विस्तारमा लगानीकर्ता विश्वस्त नहुँदा सेयर मूल्य बढ्न नसकेको हो।

निफ्राको सेयर मूल्य घटेर दुई वर्षयताकै सस्तो मूल्यमा झरेको छ। कम्पनीको पछिल्लो समय घटेर सेयर मूल्य १७६ रुपैयाँसम्म आएको थियो। पुनः केही बढेर अहिले प्रतिकित्ता २५३ रुपैयाँमा उक्लिएको छ।

nifraaa.JPG

दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्यपछि घटेर १७६ रुपैयाँमा आइपुगेको थियो। विश्लेषकहरूले निफ्राको सेयर अन्डरभ्यालु भएकोले बजार बढ्न थालेपछि उच्च अंकले बढ्ने अनुमान गरिरहेका छन्। तर निफ्राको सेयरमा लगानीकर्ताको आकर्षण देखिन सकेको छैन।

दुई वर्ष अगाडि प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर दिएको निफ्राको दोस्रो बजारमा २१ करोड ६० लाख कित्ता सेयर सूचीकृत रहेको छ। धेरै सेयर कित्ता भएकोले चलखेल गर्न ठूला लगानीकर्ताले समेत सक्दैनन्। त्यसकारण पनि खासै ठूलो उतारचढाव सेयर मूल्यमा हुँदैन। जसका कारण पनि लामो समयदेखि निफ्राको सेयर मूल्य स्थिर भएर बसेको छ। 

निफ्राले विद्युत व्यापारमा समेत हात हाल्दैछ भने अन्य आयोजनाहरूमा लगानी गर्नेगरी काम गरिरहेको छ। ऊर्जा मन्त्रालयले निफ्रालाई विद्युत व्यापारमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ।

विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढाएको छ।
 
नाफाले बढ्न सक्छ मूल्य 

पछिल्लो ६ महिनामा कम्पनीको नाफा ७६ करोड रुपैयाँ नाघेको छ। बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत वर्ष ४४ करोड २६ लाख रुपैयाँ सीमित थियो। गत वर्षको तुलनामा ७३ प्रतिशतले नाफा बढेको छ। 

गत वर्ष ८२ करोड ३५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी पुस मसान्तसम्म आइपुग्दा एक अर्ब ३२ करोड रुपैयाँ नाघेको हो।

बैंकको वितरण योग्य नाफा पनि ७३.२७ प्रतिशतले सुधारिएको छ। गत वर्ष ३४ करोड ८६ लाख रुपैयाँ रहेक यस्तो नाफा अहिले ६० करोड ४१ लाख रुपैयाँ छ।

बैंकको चुक्ता पुँजी भने बोनस सेयर वितरणका कारण थोरै बढेको छ। यसका बाबजुद प्रति सेयर आम्दानी बढेको देखिन्छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी ७.०९ रुपैयाँ छ।


प्रकाशित : शनिबार, माघ ७ २०७९०१:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend