काठमाडौं- माघ १ गतेको यती एयरलाइन्सको जहाज दुर्घटनापछि युरोपियन युनियनको नेपालमा हुने भनिएको स्थलगत निरीक्षण स्थगित भएको छ।
नेपालको उड्डयनलाई कालोसूचीमा राखेको युरोपियन युनियनको एयर सेफ्टी समितिको टोली नेपालको स्थलत निरीक्षणमा आउने तय भएको थियो। सन् २०२३ को फेब्रअरिमा हुने भनिएको उक्त निरीक्षण तत्कालका लागि स्थगित भएको हो।
ईयूको नेपालस्थित दूताबास र नागरिक उड्डयन प्राधकिरणले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको समयमा दुर्घटनापछिको अवस्था सम्हाल्नमै केन्द्रित हुनुपर्ने भएकाले तत्कालका लागि स्थगित भएको जानकारी दिएका छन्।
नेपाललाई कालोसूचीमा राखेको ईयूले नेपालको एयर सेफ्टीका बारेमा स्थलगत निरीक्षणका लागि आउने मिति तय भएपनि दुपक्षीय सहमतिमा अर्को मिति तय गरिने उल्लेख गरिएको छ।
प्राधिकरणलाई हवाइ सुरक्षाको बन्दोबस्तका लागि नजिक रहेर सदाझै सहयोग हुने ईयूले प्रतिबद्धतता जनाएको छ।