आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

मिचिएको सार्वजनिक जग्गा खाली गर्न टाइगर प्यालेसलाई अदालतको आदेश 

images
शुक्रबार, माघ ६ २०७९
images
images
मिचिएको सार्वजनिक जग्गा खाली गर्न टाइगर प्यालेसलाई अदालतको आदेश 

रिसोर्ट निर्माण सुरु गर्दा नै स्थानीयले विरोध गरेपनि लगानीकर्ताले निर्माण अघि बढाएको  थियो। 

images
images

काठमाडौं- भैरहवाको टाइगर प्यालेस रिसोर्टलाई मिचिएको सार्वजनिक जग्गा खाली गर्न जिल्ला अदालत रुपन्देहीले आदेश दिएको छ। 

images
images
images

राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरि उक्त जग्गा पुन: सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थायीले दायर गरेको मुद्दामा जिल्ला अदालतले आदेश दिएको हो। 

images
images

जिल्ला न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले रिसोर्टले मिचिएको सार्वजनिक खाली गर्न परेको मागदाबी अनुसार हुनेगरि फैसला गरेको हो। 

images
images
images

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट प्रालिले सञ्चालन गरेको  रिसोर्ट साढे १२ सय कठ्ठा क्षेत्रफलमा फैलिएको छ। उक्त क्षेत्रफलभित्रै सार्वजनिक तथा सरकारी नहर रहेको थियो। 

रिसोर्ट निर्माण सुरु गर्दा नै स्थानीयले विरोध गरेपनि लगानीकर्ताले निर्माण अघि बढाएको  थियो। 

पाँच अर्ब लगानीमा निर्माण भएको रिसोर्टमा नेपाली बैंकहरूको लगानी रहेको छ। सार्वजनिक जग्गा लुकाएर बनाइएको जग्गा तथा सम्पत्तिको मूल्यांकनकै आधारमा बैंकहरूले लगानी गरेका छन्। 

यसरी गरिएको बैंकहरुको लगानी पनि जोखिम पर्ने देखिएको छ।


प्रकाशित : शुक्रबार, माघ ६ २०७९०८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend