बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निफ्राको नाफामा उछाल आउँदा ७३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

शुक्रबार, माघ ६ २०७९
निफ्राको नाफामा उछाल आउँदा ७३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो?

बैंकको वितरण योग्य नाफा पनि ७३.२७ प्रतिशतले सुधारिएको छ। गतवर्ष ३४ करोड ८६ लाख रुपैयाँ रहेक यस्तो नाफा अहिले ६० करोड ४१ लाख रुपैयाँ छ।

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा ७६ करोड रुपैयाँ नाघेको छ। बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो। गत वर्ष ४४ करोड २६ लाख रुपैयाँ सीमित थियो। गत वर्षको तुलनामा ७३ प्रतिशतले नाफा बढेको छ। 

गत वर्ष ८२ करोड ३५ लाख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी पुस मसान्तसम्म आइपुग्दा एक अर्ब ३२ करोड रुपैयाँ नाघेको हो।

बैंकको वितरण योग्य नाफा पनि ७३.२७ प्रतिशतले सुधारिएको छ। गतवर्ष ३४ करोड ८६ लाख रुपैयाँ रहेक यस्तो नाफा अहिले ६० करोड ४१ लाख रुपैयाँ छ।

बैंकको चुक्ता पुँजी भने बोनस सेयर वितरणका कारण थोरै बढेको छ। यसका बाबजुद प्रति सेयर आम्दानी बढेको देखिन्छ। दोस्रो त्रैमासको अन्त्यसम्म बैंकको प्रति सेयर आम्दानी ७.०९ रुपैयाँ छ।

प्रकाशित : शुक्रबार, माघ ६ २०७९०४:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend