आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

खोटेहाङ-काठमाडौं बस सेवा सञ्चालन

images
शुक्रबार, माघ ६ २०७९
images
images
खोटेहाङ-काठमाडौं बस सेवा सञ्चालन

सोही समस्यालाई मध्यजनर गरेर गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले सिधा बस सेवा सञ्चालन गरेको हिङमाङ बताउँछन्। 

images
images

खोटाङ- खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौंसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ। खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौं र पूर्व तराईको इटहरीसम्म दैनिक बस सेवा सञ्चालन गरेको हो।

images
images
images

खोटेहाङको वाखुताङ-काठमाडौं दैनिक बिहान ४ बजे, वाखुताङ-गाईघाट बिहान ५ः३० बजे, खोटाङबजार-काठमाडौं बिहान ५ बजे, सिम्पानी-काठमाडौं बिहान ६ः३० बजे र खोटाङबजार-गाईघाट बिहान ६ः३० बजे बस छुट्ने व्यवस्था मिलाइएको छ।

images
images

सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै खोटाङ यातायात प्रालिले खोटेहाङबाट पूर्वी तराई तथा काठमाडौंसम्मको सिधा यातायात सेवा सञ्चालनमा ल्याएको प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए।  

images
images
images

गाउँपालिकाको विभिन्न ठाउँबाट सिधा यातायात सेवा सञ्चालन भएपछि दक्षिणी क्षेत्रका बासिन्दाले उदयपुरको बेल्टारसम्म पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ। दश स्थानीय तह रहेको खोटाङका गाउँ-गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ। दुर्गम क्षेत्रका यात्रुले दुई दिनसम्म हिँडेर बस चढ्नुपर्ने बाध्यता विद्यमान छ।

सोही समस्यालाई मध्यजनर गरेर गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले सिधा बस सेवा सञ्चालन गरेको हिङमाङ बताउँछन्। 

खोटेहाङ गाउँपालिकाले सदरमुकाम दिक्तेल हुँदै काठमाडौं तथा उदयुपर-इटहरी सिधा यातायात सञ्जाल जोड्ने गरी सडक निर्माण कार्यलाई तीव्रता दिएको छ। यसअघि निर्माण गरिएका सडक मर्मत गरेर यातायात सञ्चालन ल्याइएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ। अधिकांश ग्रामीण सडक मापदण्डअनुसारका नभएकाले दुर्घटना जोखिम भने उत्तिकै छ। 

खोटेहाङ गाउँपालिका र खोटाङ यातायात प्रालि व्यवसायी संघको साझेदारीमा भाडादरसमेत कायम गरिएको छ। खोटेहाङको वाखुताङ-काठमाडौंसम्म प्रतिव्यक्ति दुई हजार सात सय रुपैयाँ, खोटाङबजार-काठमाडौं दुई हजार पाँच सय रुपैयाँ, सिम्पानी-काठमाडौं दुई हजार दुई सय तथा रसुवाघाट-काठमाडौं एक हजार नौ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ।

यस्तै वाखुताङ-गाईघाट एक हजार चार सय, खोटाङबजार-गाईघाट एक हजार दुई सय, खोटाङबजार-इटहरी एक हजार छ सय, वाखुताङ-इटहरी एक हजार आठ सय, सिम्पानी-इटहरी एक हजार पाँच सय, रोक्सिङभञ्ज्याङ-गाईघाट एक हजार दुई सय, खोटाङबजार-रसुवाघाट छ सय र चिप्रिङ-गाईघाट एक हजार तीन सय रुपैयाँ भाडादर कायम गरिएको महासचिव हिङमाङले जानकारी दिए। रासस


प्रकाशित : शुक्रबार, माघ ६ २०७९०४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend