काठमाडौं- चालु आर्थिक वर्ष २०७९/०८०को साउनदेखि पुसमसान्तसम्ममा उद्योगलमा आउने विदेशी लगानी प्रतिबद्धतामा कमी आएको छ।
चालु आवको ६ महिनामा उद्योगमा १७ अर्ब ३० करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यो लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ अर्ब २६ करोड रुपैयाँले कमी हो।
गत आवको सोही अवधिमा उद्योगदमा ३० अर्ब ५६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।