बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

एनआईसी एसिया बैंकको सेयर मूल्यमा लगातार उछाल, मूल्यमा रेकर्ड ब्रेक होला?

बिहीबार , माघ ५ २०७९
एनआईसी एसिया बैंकको सेयर मूल्यमा लगातार उछाल, मूल्यमा रेकर्ड ब्रेक होला?

काठमाडौं- एनआईसी एसिया बैंकको सेयर मूल्य लगातार बढिरहेको छ। एनआईसी एसिया बैंकको सेयर मूल्य प्रतिकित्ता बिहीबार ३४ रुपैयाँले बढेको छ। दुई साताअघि पहिलो पटक नबिललाई उछिन्दै दोस्रो बजारमा एनआईसी एसियाको सेयर मूल्य महँगो भएको थियो। 

बैंकको बिहीबार सबैभन्दा बढी कारोबार भएको छ। २ लाख १६ हजार कित्ता कारोबार हुँदा १८ करोड रुपैयाको खरिद बिक्री भएको छ।लाभांश नदिए पनि एनआईसी एसियाको सेयर मूल्य लगातार बढिरहेको छ। बिहीबार एनआईसी एसियाको सेयर मूल्य ८४५ रुपैयाँ पुगेको छ। 

nicasia.JPG

एनआईसी एसियाको बजार पुँजीकरण ९७ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ।  एनआईसी एसियाले ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। 

 यता एनआईसी एसियाको अहिलेसम्म सबैभन्दा बढी ९३५ रुपैयाँ सम्म पुगेको थियो। घटेर ६०० रुपैयाँमा आएको बैंकको सेयर मूल्य अहिले लगातार बढेर उच्च मूल्यमा जाने संकेत गरेको छ। 


प्रकाशित : बिहीबार , माघ ५ २०७९११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend