काठमाडौं- टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकको चाहना र अपेक्षालाई ध्यानमा राखि जेन्युइन पार्टस तथा टाटा आयतमा छुट दिएको छ।
विध्यमान परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्युइन पार्टस तथा टाटा जेन्युइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।
सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप सिप्रदीका अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरि कम खर्चमा टाटा जेन्युइन पार्टस्को प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराई गाडी संचालन खर्च न्यूनीकरण गरी ग्राहकवर्गको व्यवसाय उत्थानमा सहकार्य गर्ने अभिप्राय शोरुप उक्त योजना संचालनमा ल्याएको हो।
उक्त छुट सुविधा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरुमा लागु हुने छ।
साथमा सिप्रदी वर्कशपमा फेरिएका टाटा जेन्युइन पार्टसहरुमा ६ महिना वा ५० हजार किमिसम्म वारेन्टी सुविधा पनि कम्पनिले प्रदान गर्दै आइरहेको छ।