शनिबार, जेठ ५ गते २०८१    
images
images

खर्च कटौतीका लागि यस्ता छन् अर्थको १७ बुँदे निर्देशन

images
बिहीबार , माघ ५ २०७९
images
images
खर्च कटौतीका लागि यस्ता छन् अर्थको १७ बुँदे निर्देशन

चालु आर्थिक वर्षको खर्च घटाउनेसम्बन्धी मापदण्ड-२०७९ मार्फत अर्थले यस्तो निर्देशन दिएको हो।

images
images

काठमाडौं- अर्थमन्त्रालयले मातहतका सबै महाशाखालाई खर्च कटौती गर्न १७ बुँदे निर्देशन दिएको छ । चालु आर्थिक वर्षको खर्च घटाउनेसम्बन्धी मापदण्ड-२०७९ मार्फत अर्थले यस्तो निर्देशन दिएको हो।

images
images
images

नयाँ मापदण्डमा बोतलको पानी विस्थापित गरी जारको पानीमात्र प्रयोग गर्न भनिएको छ। यस्तै अनावश्यक रूपमा हिटर, पंखा पनि नचलाउने भएको छ। बजेट निर्माणमा अतिरिक्त खटेका कर्मचारीको भत्ता समेत घटाइएको छ।

images

यस्तै अति आवश्यकबाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्ने, दुईपांग्रे र चार पांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल र लुब्रिकेन्ट फेर्न अर्थले निर्देशन दिएको छ।

images
images

सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा पनि चालु खर्च कटौती गर्ने बताएको थियो। सबै मन्त्रालयलाई खर्च कटौती गर्न पनि आह्वान गरिसकेको छ। अर्थले खर्च कटौती गर्न मापदण्ड नै तयार गरेर निर्देशन दिएको हो।

images
images

यस्ता छन् खर्च कटौती गर्न गर्ने १७ बुँदा 

१. अति आवश्यक बाहेकका स्वदेशी तथा विदेशी भ्रमणलाई निरुत्साहित गर्ने।

२. दुइपांग्रे र चार पांग्रे सवारीसाधन सर्भिसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल र लुब्रिकेन्ट फेर्ने। प्रत्येक पटक सर्भिसिङमा मोबिल लुब्रिकेन्ट फेरी रहनुनपर्ने हुनसक्छ।

३. कार्यालयमा प्रयोग भएका पर्दा, कार्पेट तथा फर्निसिङको सामाग्रीको उच्चतम प्रयोग गर्ने, सम्भव भएसम्म नयाँ सामान खरिद नगर्ने।

४. सकेसम्म कार्यालय सामाग्रीको सन्दर्भमा बैकल्पिक र किफायति सामानको प्रयोग गर्ने।

५. पत्रिका खरिदका लागि नयाँ सदस्यता नलिने तथा नवीकरणका लागि रेस्नल संख्यामा नवीकरण गर्ने।

६. मन्त्रालयले नियमित रुपमा छाप्ने बजेट सम्बन्धि पुस्तक वा अन्य पुस्तक छाप्न निरुत्साहन गरी वेभसाइटमा राख्ने।

७. अति आवश्यक बाहेक सेमिनार, तालिम गोष्ठी नगर्ने र गर्नै पर्ने भए सरकारकी नर्म्सभन्दा बढी भएका लागत स्टिमेट स्विकृत नगर्ने।यस्ता कार्यक्रम गर्दा मन्त्रमालयका सभाकक्ष र अन्य सरकारी निकायको भवन प्रयोग गर्ने।

८. सबै महाशाखाका लागि छुट्याएका कार्यक्रमको प्राथमिकीकरण गरी अति आवश्यक कार्यक्रमहरु मात्र गर्ने। चालु आर्थिक वर्षमा स्विकृत कार्यक्रम पुनरावलोकन गरी अहिले नगर्दा पनि हुने कामलाई स्थगित गर्ने।

९. बैठक र अतिथि सत्कारका लागि छुट्याएको बाहेक, खाना खाजा सरकारी खर्चबाट भुक्तानी नगर्ने, बजेट निर्माणका समयमा अतिरिक्त बिहान बेलुका काम गर्ने आएको प्रतिदिन ६ सयलाई ३ सय मात्र दिने।

१०. अति आवश्यकविना एसी, हिटर, पंखाको प्रयोग नगर्ने।

११. बोतलको पानीलाई निरुत्साहित गरी जारको पानी प्रयोगलाई प्रोत्साहन गर्ने।

१२. कार्यालयमा प्रयोग हुने टोनर र कार्टेजलाई मिलेसम्म रिफिल गरेर प्रयोग गर्ने।

१३. अनावश्यक विज्ञापन, सूचना प्रकाशन तथा पत्रपत्रिकालाई निरुत्साहन गर्ने।

१४. स्वीकृत दरबन्दी र कार्यक्रममा समावेश भएको बाहेक करार तथा ज्यालादारीको कामदार नराख्ने।

१५.मन्त्रालयको विद्यमान जनशक्तिबाट सम्पादन हुन सक्ने कामका लागि बाह्य परामर्श सेवा खरिद नगर्ने।

१६. बैठकहरू कार्यालय समयभित्र गर्ने व्यवस्था मिलाउने। कार्यालय समयभित्र गर्न नसकी अगाडि वा पछाडि बस्नुपर्ने भएमा नगरी नहुने मात्र गर्ने।

१७. अति आवश्यकबाहेक थोरै र पटके रुपमा प्रयोग हुने सामान स्टक नराख्ने।


प्रकाशित : बिहीबार , माघ ५ २०७९०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend