बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सेयर बजार देखिन छाड्यो उत्साह, झिनो अंकले बजार बढ्दा करोबारमा भने गिरावट

बिहीबार , माघ ५ २०७९
सेयर बजार देखिन छाड्यो उत्साह, झिनो अंकले बजार बढ्दा करोबारमा भने गिरावट

काठमाडौं- नयाँ सरकार आएयता निरन्तर उकालोमा देखिएको सेयर बजारमा गत सातादेखि उतारचढाव आइरहेको छ। गएको साता उतारचढावबीच समग्रमा ५.३३ अंकको वृद्धि भएको बजारमा यो साता उही अवस्था दोहोरिने देखिएको छ। यो साताको पहिलो कारोबारमा मंगलबार ३२.७२ अंकको वृद्धि देखिएको बजार बुधबार घटेको थियो।

आज बिहीबार भने ५.७१ झिनो अंकले बढेको छ। बजार २१७८.८१ मा पुगेर रोकिएको छ। तर कारोबार रकममा भने उत्साह देखिएको छैन्। बिहीबार ३ अर्ब रुपैयाँको कारोबार भएको छ। ८५ कम्पनीको सेयर बढेको थियो भने १ सय ४ कम्पनीको भने घटेको छ।

यसअघि हिजो बुधार बजार बुधबार ९.०१ अंकले घटेर बजार २१७३.१० बिन्दुमा झरेको थियो। बिहीबार झिनो अंकले बजार बढे पनि करोबार रकम भने घटे‍को हो।

बुधबार ४ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो। अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन।  

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। बजारमा अहिले पनि विश्वासयोग्य वातावरण बनेको हो या उतारचढावमै रहेको हो भन्ने यकिन नदेखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , माघ ५ २०७९०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend