शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

बिहारबाट बिजुली आउन थालेसँगै उद्याेगमा राहत

images
बिहीबार , माघ ५ २०७९
images
बिहारबाट बिजुली आउन थालेसँगै उद्याेगमा राहत
images
images

काठमाडौं- भारतबाट बिजुली आयात सहज भएको छ। भारतबाट बिजुली आयातमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा बिजुली कटौती गरेको थियो।

images
images
images

भारत बिहारबाट दैनिक १ सय २५ मेगावाट बिजुली नेपालतर्फ आयात हुँदै आएको छ। भारतबाट आयात पनि रोकिनु र जाडोको समयमा लोड समेत धेरै हुँदा लगातार समस्या आएको थियो। भारतबाट आयात भएपनि लोड व्यवस्थापन गर्न नसक्दा ठूला सहरहरुमा बिजुली आउने जाने भइरहेको छ। 

images
images

‘हामीलाई बिजुली दिँदै आएको बिहारस्थित १३ सय ३० मेगावाट विद्युत उत्पादन हुने प्लान्टमा समस्या आएको थियो, अहिले समस्या हटेको छ,’ नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले भने।

images
images

बिहारबाट आउने बिजुलीको सप्लाईमा समस्या भएपछि उद्योगमा बिजुली कटौती गरिएको थियो। अहिले समस्या भइसकेको समेत प्रवक्ता भट्टराईले जानकारी दिए। 

नेपालमा उत्पादन कम हुन थालेपछि भारतबाट दैनिक ५ सय मेगावाट बिजुली आयात हुँदै आएको छ। हाल पिक आवरमा १८०० मेगावटको डिमान्ड रहेकोले भारतबाट आयात गरिएको प्रवक्ता भट्टराईले बताए।

नेपालको आन्तरिक उत्पादन ८५० मेगावाट मात्रै रहेको छ। भारतबाट आयातमा समस्या भएपछि नेपाली उद्योगहरूमा दैनिक ६ देखि ९ घन्टासम्म बिजुली कटौती गरिएको थियो। अहिले बिजुली कम उत्पादन हुँदा समस्या भोगेको विद्युत प्राधिकरणले गत पुस ३ गतेसम्म भने निर्यात गरिरहेको थियो।

प्राधिकरणले गत जेठ १९ देखि यही पुस ३ सम्म विद्युत निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणले आउने वर्ष २० अर्ब निर्यातको लक्ष्य लिएको छ। प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत भारतलाई बिक्री गरेको हो। 

प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो। प्राधिकरणले पुनः जेठ देखि बिजुली भारततर्फ निर्यात हुने जनाउँदै आएको छ। 


प्रकाशित : बिहीबार , माघ ५ २०७९०२:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend