बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हकप्रद दिने भएपछि धमाधम रिडी पावरको सेयर खरिद गर्दै लगानीकर्ता, सेयर मूल्यमा नयाँ रेकर्ड बनाउला?

बुधबार, माघ ४ २०७९
हकप्रद दिने भएपछि धमाधम रिडी पावरको सेयर खरिद गर्दै लगानीकर्ता, सेयर मूल्यमा नयाँ रेकर्ड बनाउला?

काठमाडौं- रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद दिने भएपछि लगानीकर्ता झुम्मिएका छन्। जसका कारण बुधबार सबैभन्दा बढी कारोबार हुने कम्पनीको सूचीमा समेत परेको छ। 

कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको थियो। कम्पनीको बधवार ५ लानख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ३५ करोड ७८ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ। 

ridi aaa.JPG

कम्पनीको एकवर्ष आगाडि सेयर मूल्य बढेर ८३८ रुपैयाँसम्म पुगेको थियो। कम्पनीको घटेर ४२७ रुपैयाँसम्म आएको थियो। पुनः बढेर ६ सय नजिक पुगेको हो। 

कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद १०० रुपैयाँका दरले बिक्री गर्ने भएको छ। कम्पनीका १०० कित्ता सेयर हुने लगानीकर्ताले ५० कित्ता आवेदन दिन पाउने भएको छ। 

कम्पनीको १ अर्ब १० करोड चुक्ता पुँजी रहेको छ भने ६ अर्ब ५७ करोड रुपैयाँ बजार पुँजीकरण पुगेको छ। 


प्रकाशित : बुधबार, माघ ४ २०७९१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend