आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

६ महिनामा १४५ उद्योगमा १ खर्ब ३९ अर्बको लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति?

सबैभन्दा कम खनिजमा र सबैभन्दा बढी हाइड्रोपावरमा लगानी प्रतिबद्धता

images
बुधबार, माघ ४ २०७९
images
images
६ महिनामा १४५ उद्योगमा १ खर्ब ३९ अर्बको लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति?

कृषि क्षेत्रमा ४८ करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै ३ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मा १४५ वटा साना, मध्यम र ठूला उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार यसरी दर्ता भएको उद्योगमा १ खर्ब ३९ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।

images
images
images

जसमा सबैभन्दा बढी लगानी प्रतिबद्धता हाइड्रोपावर (इनर्जी क्षेत्र) मा रहेको छ। विभागका अनुसार इनर्जी क्षेत्रमा काम गर्ने गरी २७ वटा उद्योग दर्ता भएको छ। २७ वटा उद्योगमा ८९ अर्ब ७ करोड रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आएको छ।

images
images

यसैगरी पर्यटन उद्योगमा १८ अर्ब ९२ करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै ३१ वटा उद्योग दर्ता भएका छन्। साथै १५ अर्ब ९० करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै ५१ वटा उत्पादनमूलक काम गर्ने गरी उद्योग दर्ता भएका छन्।  

images
images
images

विभागका अनुसार सर्भिस क्षेत्रमा काम गर्ने गरी २६ वटा उद्योग दर्ता भएका छन्। २६ उद्योगमा १४ अर्ब २० करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

यसैगरी कृषि क्षेत्रमा ४८ करोड रुपैयाँको लगानी प्रतिबद्धतासँगै ३ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।

साथै सूचना प्रविधि क्षेत्रमा ३७ करोड रुपैयाँको लागनी प्रतिबद्धतासँगै ५ वटा र खनिजजन्य उद्योगमा २९ करोड ९७ लाख रुपैयाँको लगानी प्रतिबद्धतासँगै २ वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।


प्रकाशित : बुधबार, माघ ४ २०७९१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend