बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निक्षेप बढेसँगै बैंकहरूले एकसातामै दिए ५१ अर्ब ऋण

११ महिनामा ३ खर्ब ६४ अर्ब निक्षेप बढ्दा १ खर्ब ४० अर्ब मात्रै ऋण प्रवाह

बुधबार, माघ ४ २०७९
निक्षेप बढेसँगै बैंकहरूले एकसातामै दिए ५१ अर्ब ऋण

काठमाडौं- पुस महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा ११० अर्ब निक्षेप थपिएको छ भने ६० अर्ब ऋण प्रवाह भएको छ।  

२०७९ मा बैंक तथा वित्तीय संस्थाहरूमा पुस मसान्तसम्म ५३ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। ऋण प्रवाह पुस मसान्तसम्म ४८ खर्ब २१ अर्ब पुगेको छ। 

वित्तीय संस्थाहरूको पुस महिनाको कुल कर्जा ६० अर्व वृद्धि भएकोमा अन्तिम एक सातामा ५१ अर्व ऋण प्रवाह गरेका छन्। पर्याप्त निक्षेप आएपछि बैंकहरूले पनि आक्रामक लगानी विस्तार गर्दा एकसातामै ५१ अर्ब ऋण प्रवाह गरेका छन्। 

पछिल्लो ११ महिनामा (२०७८ पुस मसान्त–२०७९ पुस मसान्तसम्म) निक्षेप ३ खर्ब ६४ अर्ब थपिएको छ भने १ खर्ब ४० अर्ब ऋण प्रवाह भएको छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.६० प्रतिशत रहेको छ। बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले उनीहरूले थप करिब २ खर्ब ५० अर्ब कर्जा दिन सक्ने देखिन्छ। 

यता अन्तरबैंक ब्याजदर पनि ५.९५ प्रतिशतमा झरेको छ। सोमबारसम्म अन्तरबैंक ब्याजदर ६.४७ प्रतिशत रहेको थियो। पुसपछि तरलतामा झनै समस्या आउने देखिएपछि सरकारले बैंकहरूलाई स्थानीय तहको सञ्चिति कोषको रकम असार मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। जसका कारण पनि वित्तीय प्रणालीमा राहत हुने देखिएको छ। 


प्रकाशित : बुधबार, माघ ४ २०७९०८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend