बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आईपीओ जारी गर्दै माया खोला हाइड्रोपावर

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ४ २०७९
आईपीओ जारी गर्दै माया खोला हाइड्रोपावर

काठमाडौं- माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा विक्री खुला गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपश्चात आगामी माघ १३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा १९ लाख ९२ हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ) बिक्री खुला गर्ने भएको हो।

कम्पनीले आफ्नो जारी पुँजी एक अर्बको ३४ प्रतिशतले हुने ३४ करोड मूल्य बराबरको कुल ३४ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित स्थानीयका लागि कुल १० लाख कित्ता सेयर निष्सकासन गरी बाँडफाँट गरिसकिएको छ।  

त्यस्तै दुई लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीले निष्कासन गर्ने सेयरमा लगानीकर्ताले छिटोमा यही माघ १७ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे माघ २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता खरिदका लागि आवेदन दिन सकिने छ। 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत र ‘मेरो सेयर’बाट आवेदन दिन सकिने जनाइएको छ। कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको माया खोलामा १४ दशमलव नौ मेगावाट क्षमताको मायाखोला जलविद्युत आयोजना निर्माण गरेको छ। रासस


प्रकाशित : बुधबार, माघ ४ २०७९०६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend