काठमाडौं- बुधबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। मंगलबारको तुलनामा सुन प्रतितोला ६ सय र चाँदी १५ रुपैयाँ घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेर १ लाख ४ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको हो। बुधबारका लागि चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।