काठमाडौं- इजीलिंक रेमिट्यान्स कम्पनीले आफ्नो आधिकारिक वेवसाइटबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्यालको सबै विवरण हटाएको छ।
कम्पनीले मन्त्री बन्दा सम्म आधिकारिक वेव साइटमा अर्याल सिइओ रहेको विवरण राखेको थियो। अर्याल रेमिट्यान्स कम्पनीको सिईओ रहेको विषय विवादमा परेसँग कम्पनीले उनको फोटो सहितको विवरण झिकेको हो।
साथै अर्याल संलग्न रहेको सृष्टि म्यानपावरले भने वेवसाइट नै नखुल्ने बनाएको छ। म्यानपावरको वेवसाइटमा अर्याल मन्त्री बन्दासम्म इन्टरनेशनल मार्केटिङ डाइरेक्टरका रुपमा कार्यरत रहेको उल्लेख थियो।