आइतबार, असार ८ गते २०८२    
आइतबार, असार ८ २०८२
images
images

एनआरएनएको लगानी भित्र्याउन कानूनी कठिनाइ सुल्झाउन तयार छौँ : अर्थमन्त्री पौडेल

images
मंगलबार, माघ ३ २०७९
images
images
एनआरएनएको लगानी भित्र्याउन कानूनी कठिनाइ सुल्झाउन  तयार छौँ : अर्थमन्त्री पौडेल

यस्तै, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्न समेत एनआरएनएले माग गरेका छन्। 

images
images

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीलाई बिना कुनै उल्झन नेपालमा लगानी गर्न पाउने वातावरण निर्माण गर्न माग गरेका छन्।  

images
images
images

अध्यक्षत्रय सहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई लामो समयदेखि संघले उठाउँदै आएका माग सम्बोधनका लागि आग्रह गरेको हो।

images
images

विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानूनी र नीतिगत कठिनाईका कारण समस्या परेकोले त्यस्ता कठिनाई हटाउन अर्थमन्त्री पौडेलसँग माग गरेका छन्। 

images
images
images

यस्तै, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्न समेत एनआरएनएले माग गरेका छन्। 

डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’ लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाई समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन समेत माग गरेका छन्।  जवाफमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। 

अर्थमन्त्री पौडेलले नेपाल सरकार आफैं रहेको ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’ अघि बढीसकेको बताउँदै त्यसलाई सरकारले गरेको ग्यारेन्टीको रुपमा लिन सकिने समेत अर्थमन्त्री पौडेलले बताए। 


प्रकाशित : मंगलबार, माघ ३ २०७९१२:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend