बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हाइड्रोपावरकै सेयरमा झुम्मिए लगानीकर्ता, अपी र अपर तामाकोशीको सेयर मूल्यमा उभार

बुधबार, माघ ४ २०७९
हाइड्रोपावरकै सेयरमा झुम्मिए लगानीकर्ता, अपी र अपर तामाकोशीको सेयर मूल्यमा उभार

काठमाडौं- दोस्रो बजारमा पुनः जलविद्युत कम्पनीमा लगानीकर्ता फर्किएका छन्। घटेर सस्तो मूल्यमा आएपछि हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा चमक देखिएको छ।

यो साताको पहिलो कारोबार मंगलबार जलविद्युत् कम्पनीमै लगानीकर्ता झुम्मिएका छन् ।

hudro 1.JPG

मंगलबार कारोबारमा आएका २५० धितोपत्रको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता ६३ हजार ४३० पटक किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ७२ करोड ४७ लाख भएको छ। 

hydro 2.JPG

मंगलबार अपी पावर कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री २३ करोड २६ लाख बराबरको भएको छ। अपिको प्रतिकित्ता २४.५० रुपैयाँ बढेर २९७.५० रुपैयाँ पुगेको छ।

यस कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेसँगै खरिदकर्ताको आकर्षणमा परेको देखिन्छ। त्यस्तै सर्वाधिक दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ। अपर तामाकोशीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँ बढेर ५६८ रुपैयाँ पुगेको छ। 


प्रकाशित : बुधबार, माघ ४ २०७९०२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend