बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

गएको साता उतारचढावमा देखिएको सेयर बजार पुन: उचाइतर्फ

मंगलबार, माघ ३ २०७९
गएको साता उतारचढावमा देखिएको सेयर बजार पुन: उचाइतर्फ

काठमाडौं- नयाँ सरकार आएयता निरन्तर उकालोमा देखिएर गएको साता केही धरमराएको सेयर बजारमा पुन: हरियाली देखिएको छ।

गएको साता समग्रमा ५.३३ अंकको मात्र वृद्धि देखिएको बजारमा यो साताको पहिलो कारोबारमा मंगलबार नै हरियाली छाएको हो।  मंगलबार ३२.७२ अंकले बढेर बजार २१८२.११ बिन्दुमा पुगेको छ। ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको बजारमा १६९ क‍म्पनीको सेयर मूल्य बढेको छ। 

नयाँ सरकार आएपछि लगातार ३४४.०८ अंकको वृद्धि भएर गएको साता बजार पछिल्ला दुई कारोबारमा घटेको थियो। गएको साता आइतबार २०.५५ अंकको वृद्धि देखिएको थियो। सोमबार ४७.१५ अंकको वृद्धिसँगै २२११.७६ बिन्दुमा पुगेको बजार मंगलबार २१.३५ अंकको गिरावटसँगै २१९०.४२ बिन्दुमा झरेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार ४१.०२ अंकले घटेर २१४९.४१ बिन्दुमा पुगेको थियो। 

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको भनिएको सेयर बजारमा सुधारका बीच उतारचढाव भइरहेको देखिन्छ। बजारमा अहिले पनि विश्वासयोग्य वातावरण बनेको हो या उतारचढावमै रहेको हो भन्ने यकिन नदेखिएको विश्लेषकहरू बताउँछन्। केही ठूला लगानीकर्ताको चलखेल हो या बजारले नयाँ गति समात्ने बाटो देखाएको हो भन्ने यकिन आधार देखिँदैन। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। सरकारी साथ मिल्दै गएमात्र अबको बाटो पुनः उच्च अंकतर्फ लाग्नसक्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, माघ ३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend