बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कालिञ्चोक दर्शनको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ३ २०७९
कालिञ्चोक दर्शनको आईपीओ खुला

काठमाडौं- कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्रतिकित्ता एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपीओ)को निष्कासन तथा बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमध्ये १० प्रतिशत अर्थात एक लाख आठ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ। 

त्यसैगरी, दुई प्रतिशतले हुने २१ हजार छ सय कित्ता कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी आठ लाख ९६ हजार चार सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

निष्कासन गरिने सेयरमा सर्वसाधारणले छिटोमा आगामी माग ६ गतेसम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे १७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम चार हजार नौसय ९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरी खरिदको आवेदन दिन सकिने छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केवलकार सञ्चालन गरिरहेको छ। कम्पनीलाई केयर नेपालले ‘केयरएन्पी बीबी प्लस आईआर’ प्रमाणपत्र प्रदान गरेको छ। रासस


प्रकाशित : मंगलबार, माघ ३ २०७९०६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend