काठमाडौं- मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सोमबारको तुलनामा मंगबार सुनको मूल्य तोलामा १ सय र चाँदी १० रुपैयाँ घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार छापावाल सुन प्रतितोला १ सय रुपैयाँ घटेर १ लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। मंगबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।