बिहीबार , वैशाख १३ गते २०८१    
images
images

बुटवल-भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट : काठमाडौंको ३४७ किमि रेन्जलाई पनि उछिन्यो

images
images
images
बुटवल-भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट : काठमाडौंको ३४७ किमि रेन्जलाई पनि उछिन्यो

बुटवल-भैरहवा सडकमा ३९७ किमिसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंको सलिम श्रेष्ठको ३४७ किमि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट आवर निकाल्न सफल भइ प्रथम भएका छन्। 

images
images

काठमाडौं- वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतिय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धधन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल-भैरहवामा सम्पन्न गरिएको छ। 

images
images
images

नेक्सन ईभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन ईभी हुने ग्राहकहरुको उल्लेख्य एवंम उत्साहजनक सहभागिता रहेको थियो। बुटवल-भैरहवा सडकमा ३९७ किमिसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंको सलिम श्रेष्ठको ३४७ किमि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट आवर निकाल्न सफल भइ प्रथम भएका छन्। 

images

३८७  किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो हुन सफल भए। त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहे। कार्यक्रममा सहभागी मध्ये २२ जना ले ३०० किमि रेन्जभन्दा बढी निकाल्न सफल भएका थिए। 

images

यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवं प्रशंसा पत्र प्रदान गरिएको थियो। प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसङ स्मार्ट एलईडी टीभी जितेका हुन्। 

images
images

त्यसै गरी दोश्रो स्थानमा रहेका गोपाल शर्माले सामसङ ओभेन र तेश्रो स्थानमा रहेका सुवोध भट्टराईले एयर फ्रायर प्राप्त गरेका हुन्। 

NexonEV Range Test 2023-Butwal 2.jpeg

विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवं आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरू प्रति ग्राहकवर्गको दुविधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले जानकारी गराए। 

यही पुस ३० गते शनिबार सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवास्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल हुँदैै बुटवल बजार परिव्रmमा गरी सिदार्थ कटेजमा पुगेर समापन गरिएको थियो। उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो।

ईभीको उपयोग गर्ने ग्राहकबाट मिलेको बहुपक्षीय अप्रत्यक्ष योगदानको कदर स्वरुप कार्यक्रम मार्फत उनीहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका लागि सिप्रदीका तर्फबाट ग्राहक सेवा प्रमुख कुमार भण्डारीले बताए। 

हाल नेपालमा पनि विद्युतिय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ। नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकहरुले सबैभन्दा धेरै रुचाएको गाडी हो। नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरुको सुविधाको लागि अरु मोडलका एसयूभी तथा सेडान गाडीहरूलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको जानकारीसमेत गराएको छ।

images

प्रकाशित : सोमबार, माघ २ २०७९०१:२५

प्रतिक्रिया दिनुहोस