बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

आँधिखोला लघुवित्त र नेको इन्सुरेन्सको दोस्रो बजारबाट सस्तो मूल्यमा किन्ने अवसर, कतिसम्म पुग्ला?

मंगलबार, माघ ३ २०७९
आँधिखोला लघुवित्त र नेको इन्सुरेन्सको दोस्रो बजारबाट सस्तो मूल्यमा किन्ने अवसर, कतिसम्म पुग्ला?

काठमाडौं- लगानीकर्ताका लागि आँधिखोला लघुवित्त र नेको इन्सुरेन्सको सेयर दोस्रो बजारमा सस्तो मूल्यमा खरिद गर्ने अवसर आएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  दुई कम्पनीको सेयर मूल्य समायोजन भएसँगै सस्तो मूल्यमा किन्ने अवसर आएको हो। दुवै कम्पनीको सेयर मूल्य पुनः केही समय बढ्ने अनुमान गरिएको छ। समायोजपछि मूल्य घटेकोले पुनः पुरानै मूल्यमा आउने देखिन्छ। 

आँधिखोला  लघुवित्तको नेप्सेले ३० प्रतिशत बोनस सेयरको समायोजनपछि सेयरमूल्य १३६५ दशमलव ७७ तोकेको छ। कम्पनीको अन्तिम सेयर मूल्य १७७५ को आधारमा सेयर मूल्य समायोजन गरेको हो ।

त्यस्तै नेको इन्सुरेन्स कम्पनीको नेप्सेले १५ प्रतिशत बोनस सेयरको समायोजनपछि मूल्य ७७८.४३ तोकेको छ। कम्पनीको अन्तिम मूल्य ८९५.२० को आधारमा सेयर मूल्य समायोजन गरेको हो। यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि माघ ३ बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरेको हो। 

यी दुई कम्पनीले वितरण गर्ने लाभांश पुस २८ गतेसम्म कायम सेयरधनीले मात्र प्राप्त गर्न सक्ने भएका छन्। आँधिखोला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यसैगरी नेको इन्सुरेन्स कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 


प्रकाशित : मंगलबार, माघ ३ २०७९०१:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend