काठमाडौं- सोमबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा २ सय र चाँदी १० रुपैयाँ बढेको हो।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँ बढेर १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेको छ। सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ। आइतबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।