सोमबार, मंसिर १० गते २०८१    
images
images

वाणिज्य र विकास बैंकहरुले घटाए ब्याजदर, अब कुनमा कति?

images
सोमबार, माघ २ २०७९
images
images
वाणिज्य र विकास बैंकहरुले  घटाए ब्याजदर, अब कुनमा कति?
images
images

काठमाडौं- वाणिज्य र विकास बैंकहरुले ले ब्याजदर घटाएका छन्। माघ १ गते देखि लागु हुनेगरी ब्याजदर घटाउका हुन्। लगातार विदा भएकोले मंगलबार माघ ३ गते देखि कार्यन्वयनमा जानेछ। सबै बैंकहरुले ब्याजदर घटाए सूचना प्रकाशन गरिसकेका छन्। 

images
images
images

बैंकर्स संघको गत बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार ब्याजदर घटेको हो।

images

वाणिज्य बैंकहरुले हुनेगरी १.१३ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। यो सँगै निक्षेपको नयाँ ब्याजदर ११ प्रतिशत हुने भएको छ। यसअघि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरेका थिए भने संस्थागत मुद्दती निक्षेपमा १०.१३ प्रतिशत दिने गरेका थिए। 

images

यता विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाएका छन्। डेभलपमेन्ट बैंकर्स एसोसिएसनको  बिहीबार बसेको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो। 

विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशत घटाएर माघ महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको छ।

विकास बैंकहरूले पुस महिनामा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका थिए।

राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन् । सोही व्यवस्था अनुसार ब्याजदर घटाएका हुन्।


प्रकाशित : सोमबार, माघ २ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend