काठमाडौं- यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय जहाजस्थलबाट आज आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय जहाजस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा जहाजस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए।
क्याप्टेन पास हुने अन्तिम उडान गरिरहेकी थिइन् पाइलट अञ्जु खतिवडा
जहाजमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए।
जहाजमा रहेकामध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना यात्रु थिए।