शुक्रबार, वैशाख १४ गते २०८१    
images
images
पोखरा जहाज दुर्घटना

क्याप्टेन पास हुने अन्तिम उडान गरिरहेकी थिइन् पाइलट अञ्जु खतिवडा

जहाज सराङकोटबाट मोड्दा एउटा इन्जिन अफ भएको आशंका

images
images
images
क्याप्टेन पास हुने अन्तिम उडान गरिरहेकी थिइन् पाइलट अञ्जु खतिवडा
images
images

काठमाडौं- यतीको नाइन एन-एएनसी एटीआर-७२ जहाज आइतबार बिहान १० बजेर ५१ मिनेटमा पोखरा सेती खोचमा दुर्टघनामा पर्‍यो। जसमा चालक दलका चारसहित ७२ जना सवार थिए। जहाज वरिष्ठ क्याप्टेन कमल केसी र पाइलट अञ्जु खतिवडाले उडाएका थिए। एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर रहेका थिए।

images
images
images

जहाजमा ५३ जना नेपाली, पाँचजना भारतीय, रुसका चारजना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना यात्रु थिए।

images

नयाँ विमानस्थलमा मौसमको समस्या हुने गरे पनि आइतबार भने मौसम खुला थियो। पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट धमाधम उडान भइरहेका थिए।

images

काठमाडौं त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले उडानका लागि बाहिरका सबै विषय सामान्य रहेको अवस्थामा पोखरामा यती एयरलाइन्सको जहाज जहाज दुर्घटना भएको बताएका छन्। ‘अहिले के कारणले भन्ने प्रष्ट छैन, तर मौसम र विमानस्थलमा कुनै समस्या थिएन,’ ठाकुरले भने। 

images
images

महाप्रबन्धक ठाकुरका अनुसार काठमाडौंबाट उडान गर्दा र पोखरामा टावरसँगको सम्पर्कका क्रममा अवतरणका लागि अनुमति दिएपछि जहाज दुर्घटना भएको देखिएको छ। 

दुर्घटनामा परेको यतीको नाइन एन-एएनसी एटीआर-७२ जहाजमा प्रशिक्षक पाइलट (आईपी) को रुपमा थिए कमल केसी। आईपी केसी आज पाइलट अञ्जु खतिवडालाई क्याप्टेनमा पास गराउने अन्तिम उडानमा थिए। काठमाडौंदेखि नै पाइलट खतिवडालाई आईपी केसीले देब्रेतर्फको जिम्मा दिएका थिए। जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले खतिवडाले जहाज उडान सम्हालेकी थिइन्। आज सफल उडान गरेपछि क्याप्टेन ‘क्लियरेन्स’ को सर्टिफिकेट पाउने चरणमा थिइन् खतिवडा।

क्याप्टेन केसी नेपाल वायुसेवा निगमको जहाज पनि उडान गरेका अनुभवि क्याप्टेन हुन्। ३५ वर्षे लामो उडान इतिहास बोकेका केसीले दर्जैनौँ पाइलटलाई क्याप्टेन बनाएका थिए। एक पाइलटका अनुसार ‘आज अञ्जु खतिवडालाई क्याप्टेनको लाइसेन्स दिलाउने अन्तिम उडान थियो तर अधुरो रह्यो।’ 

खतिवडाले यसअघि भद्रपुर, विराटनगर, धनगढीमा उडान सफल पारेर सिमरापछि पोखराको क्लियरेन्समा आइतबार बिहान उडान भरेकी थिइन्। आईपीसँग कम्तिमा एकसय घण्टा उडान भरेपछि क्याप्टेनको सर्टिफिकेट पाइन्छ। जसलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमन गर्दछ। 

क्लियरेन्सको क्रममा क्याप्टेन केसीले पाइलट खतिवडालाई आज सराङकोटतर्फबाट विन्दबासिनी मन्दिर मोडेर नयाँ विमानस्थलतर्फ अवतरणमा सहयोग गरिरहेका थिए। खतिवडाले सोहीअनुसार अवतरण गराउँदै थिइन्।

एक पाइलटका अनुसार पोखरामा पुरानो विमानस्थलबाट नयाँ विमानस्थल सारेसँगै रुटमा केही फेरबदल भएको छ। जसमा काठमाडौंबाट रुट ३-० मा फेवातालतर्फ जहाज जान्छ। जुन पुरानो विमानस्थलतर्फ हो। नयाँमा अवतरण गर्नका लागि रुट ३-० भएर १-२ धावनमार्गमा अवतरण गरिन्छ। 

आइतबार दुर्घटनामा पर्नुअघि सराङकोटबाट नयाँ विमानस्थलतर्फ मोड्दा जहाजको एउटा इन्जिन 'स्टप' भएको अनुमान गरिएको छ। ‘जहाज अवरणमा समस्या आएपछि क्याप्टेन र पाइलटले जहाज ह्यान्डल गर्ने प्रयास गरेको तर जहाज अनियन्त्रित भएको बुझिन्छ। अनियन्त्रित जहाज बस्तीबाट त जोगाए तर सेतीको खोचमा खस्यो,’ एक पाइलटले भने। 

images

प्रकाशित : आइतबार, माघ १ २०७९०९:०३

प्रतिक्रिया दिनुहोस