बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मध्य भोटेकोशीको सेयर मूल्य बढेर पुनः उच्च मूल्य पछ्याउँदै, कतिसम्म पुग्ला?

आइतबार, माघ १ २०७९
मध्य भोटेकोशीको सेयर मूल्य बढेर पुनः उच्च मूल्य पछ्याउँदै, कतिसम्म पुग्ला?

काठमाण्डौ- मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयर मूल्य बल्ल बढ्न थालेको छ। दुई वर्ष अगाडि साधारण सेयर आईपीओ जारी गरेको थियो। दुई वर्ष अगाडि दोस्रो कारोबारमा सूचीकृत भएर कारोबार भएपछि सेयर मूल्य बढेर ५०५ रुपैयाँसम्म पुगेको थियो। 

bhote.png

कम्पनीलाई नेप्सेले न्यूनतम ९४.३९ रुपैयाँदेखि अधिकतममा २८३.१७ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको थियो। बजार बढेर ५०५ रुपैयाँसम्म पुगेको थियो। पछि पुनः घटेर १९३ रुपैयाँमा आईपुगेको थियो। अहिले पुनः कम्पनीको सेयर मूल्य बढेर ३०६.७० रुपैयाँ पुगेको छ। कम्पनीको बिहीबार मात्रै सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले बढेको थियो। 
 
सर्वसाधारणको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयको ६० लाख कित्ता, कर्मचारी सञ्चकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको १ करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीको ६ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको २१ लाख कित्ता र संस्थापकहरुको ३ करोड ६ लाख कित्ता सेयर रहेको छ। 

कम्पनीको बजार पुँजीकरण १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। कम्पनीको ६ अर्ब चुक्ता पुँजी रहेको छ। सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन आयोजनाको क्षमता १०२ मेगावाट रहेको छ। 


प्रकाशित : आइतबार, माघ १ २०७९०२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend