बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित 

शुक्रबार, पुस २९ २०७९
नबिल बैंकको ३० प्रतिशत लाभांश पारित 

काठमाडौं- नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको हो।

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत सेयर लाभांश र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात बैंकको चुक्ता पुँजी २७ अर्ब नाघेको छ।

यस्तै साधरणसभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस सकिबलाई सञ्चालक निर्वाचित गरेको छ।

नबिल बैंक आ.व. २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो।


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend