बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपालबाट पैसा लगेर विदेशमा सम्पत्ति जोडे हदैसम्मको कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

शुक्रबार, पुस २९ २०७९
नेपालबाट पैसा लगेर विदेशमा सम्पत्ति जोडे हदैसम्मको कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं- नेपालीहरूले विदेशमा पैसा लगेको आंशका बढेपछि नेपाल राष्ट्र बैंक आक्रामक हुने संकेत गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै विदेशमा तोकिएका कामबाहेक पैसा लैजाने काम नगर्न र यदि गरेको पाइएमा हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरू जस्तैः विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचारप्रसार समेत) गर्न नपाउने व्यवस्था रहेकोसमेत सूचनामार्फत अवगत गराएको छ।

राष्ट्र बैंकले तोकिदिएको व्यवस्था बमोजिमबाहेक विदेशमा भुक्तानी हुनेसम्बन्धी कार्य नगर्नु नगराउनु हुन एवम् त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले चेतावनी दिएको छ। 

विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १०७ से विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको दफा ९ ग ले यस बैंकले तोकिदिएको व्यवस्था बमोजिमबाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ। 

nrb.JPG


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०८:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend