बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पुँजीगत खर्च ठप्प हुँदा सरकारी खातामा पौने २ खर्ब

शुक्रबार, पुस २९ २०७९
पुँजीगत खर्च ठप्प हुँदा सरकारी खातामा पौने २ खर्ब

काठमाडौं- सरकारी खर्च बढ्न नसक्दा सरकारी खातामा पौने २ खर्ब रुपैयाँ रकम थुप्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७९ मंसिर मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ८२ अर्ब ४३ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ। २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो।

आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा संघीय सरकारको कुल खर्च नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय)का अनुसार ४ खर्ब ३५ अर्ब २१ करोड भएको छ। 

समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्चतर्फ क्रमशः ३ खर्ब ५४ अर्ब २६ करोड, ३३ अर्ब ९९ करोड र ४६ अर्ब ९६ करोड रहेको छ। 

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकम समेत) ३ खर्ब २६ अर्ब ८९ करोड भएको छ। 

समीक्षा अवधिमा यस अन्तर्गत कर राजस्व तर्फ ३ खर्ब १ अर्ब ४६ करोड र गैर कर राजस्व तर्फ २५ अर्ब ४३ करोड परिचालन भएको छ। प्रदेश सरकार खर्च तथा राजस्व समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ३५ अर्ब ६५ करोड रहेको छ। त्यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत परिचालन ५२ अर्ब ८९ करोड रहेको छ। 

समीक्षा अवधिमा यसमध्ये संघीय सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ३६ अर्ब ९२ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट १५ अर्ब ९७ करोड रहेको छ।


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०९:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend