शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

पूर्वका उद्योगमा दैनिक ८ घण्टासम्म विद्युत कटौती, तत्काल समस्या समाधान गर्न उद्योगीको माग

images
शुक्रबार, पुस २९ २०७९
images
पूर्वका उद्योगमा दैनिक ८ घण्टासम्म विद्युत कटौती, तत्काल समस्या समाधान गर्न उद्योगीको माग

उद्योग व्यवसाय क्षेत्र विद्यमान अघोषित विद्युत कटौती तथा ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरेका छन्।

images
images

काठमाडौं- विद्युत आपूर्तिमा केही समययता भएको निरन्तरको अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको उद्योगीहरूले जनाएका छन्। पूर्वका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले विज्ञप्ती जारी गर्दै तत्काल समस्या समाधान गर्न आग्रह गरेका हुन्। 

images
images
images

विगतको अस्थिर र अन्यौलताको वातावरण, शिथिल अर्थतन्त्र एवं वित्तिय क्षेत्रको विद्यमान समस्याका कारण मारमा रहेको उद्योग व्यवसाय क्षेत्रमा दैनिक १० देखि १५ पटकसम्म हुने ट्रिपिङ तथा दैनिक रुपमा ७ देखि ८ घण्टासम्म विद्युत आपूर्तिमा भएको कटौतीले मार परेको उनीहरूले बताएका छन्।

images
images

वैंक तथा वित्तिय क्षेत्रमा विद्यमान समस्या समाधानका लागी आन्दोलनरत नीजि क्षेत्र नयाँ सरकारको गठन भएसँगै समस्या समाधानमा सकारात्मक पहलहुने कुरामा आशावादी रहँदै पर्ख र हेरको अवस्थामा पुनः विद्युत आपूर्तिमा अवरोध भइ उद्योगी व्यवसायीमाथि बज्रपात थपिएकोसमेत विज्ञप्तीमा उल्लेख गरिएको छ। 

images
images

यसरी वित्तिय क्षेत्र, विद्युतको क्षेत्र लगायत एकपछि अर्को समस्याहरु थपिरहने, कहिले कुन बेला कस्तो अवस्था आउछ पूर्व अनुमान गर्न नसकिने अवस्था एकातिर रहेको छ भने यस्ता समस्या समाधानमा सरोकारवाला निकायबाट खासै उल्लेख्य काम नहुने अवस्थाले औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको समेत उनीहरूले बताएका छन्।

उद्योग व्यवसाय क्षेत्र विद्यमान अघोषित विद्युत कटौती तथा ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग गरेका छन्।

साथै, वित्तिय क्षेत्रमा रहेको तरलता अभाव लगायतका बिषयहरुमा सुधार हुने संकेत देखापरेको यस्लाई पूर्णरुपमा रिकभर गर्न एवं यस्लाई स्थिर बनाउन दिर्घकालिन योजना बनाई नीजि क्षेत्रलाई उद्योग सञ्चालनका लागी वित्त वा ऊर्जा सबै क्षेत्रमा अनुमानयोग्य औद्योगिक नीति तथा अनुमानयोग्य उद्योगमैत्री वातावरण तयार गर्न समेत सरकारसँग माग गरेका छन्। 


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend