बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नबिल र एनआईसी एसियासहित १७ कम्पनीको साधारणसभा आज, सेयरधनीको खातामा लाभांश कहिले?

शुक्रबार, पुस २९ २०७९
नबिल र एनआईसी एसियासहित १७ कम्पनीको साधारणसभा आज, सेयरधनीको खातामा लाभांश कहिले?

काठमाडौं- आज नबिल बैंकसहित १७ कम्पनीको वार्षिक साधारण सभा हुँदैछ। चार वाणिज्य बैंकसहित १७ कम्पनीको वार्षिक साधारण सभा हुन लागेको हो। जसमध्ये १२ वटा कम्पनीले गत आवको नाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् भने बाँकी ५ कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेका छैनन्।

नबिल बैंकको वार्षिक साधारण सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले बैंकले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ।

नेपाल बैंकको साधारण सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

माछापुच्छ्रे बैंकको साधारण सभा आर्मी अफिसर्स क्लाब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। यो वर्ष यस बैंकले लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेको छैन। 

एनआइसी एसिया बैंकको आज साधारण सभा गर्दैछ। बैंकले यो पटक पनि लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो। 

महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा पनि आज हुँदैछ। सभामा बैंकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।  

आरएसडीसी लघुवित्तले पनि गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशतन बोनस सेयर र कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।

शिवम् सिमेन्ट्सको सभा सामना होटल, हेटौडा, मकवानपुरमा बिहान १० बजेबाट सुरु हुनेछ। सभामा यस कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।   

सेन्ट्रल फाइनान्सको वार्षिक साधारण सभा हुँदैछ। सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।

मञ्जुश्री फाइनान्सको वार्षिक साधारण सभा थापागाउँ ब्यांक्वेट नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा गत आवको वासलत, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरणहरु पेश गर्दैछ। यो वर्ष यस कम्पनीले लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेको छैन। 

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको साधारण सभा गर्ने छ। सभामा गत आर्थिक वर्षको नाफाबाट २.४० प्रतिशत बोनस सेयर र ५.२० प्रतिशत नगद गरी कुल ७.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

आइसीएफसी फाइनान्सको साधारण सभा अमृतभोग, कालिकास्थान काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

सिद्धार्थ इन्सुरेन्सको वार्षिक साधारण सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डप काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुँदैछ । कम्पनीले सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९५ बोनस सेयर र कर प्रयोजनको लागि ०।४७५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ।

प्रिमियर इन्सुरेन्सको वार्षिक साधारण सभा लिसारा, रिसेप्सन्न, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा १४।२५५ बोनस सेयर र कर प्रयोजनका लागि ०।७५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदैछ।

नेपाल हाइड्रो डेभलपर्स कम्पनीको वार्षिक साधारण सभा लिसारा, रिसेप्सन्न, नक्साल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले ५५ बोनस सेयर र कर प्रयोजनका लागि ०।२६५ नगद लाभांश गरी जम्मा ५।२६५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ।  

कालिका पावर कम्पनीको सभा कालिकाको रजिर्ष्टड कार्यालय भरतपुर १०, चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले १५५ बोनस सेयर र कर प्रयोजनका लागि ०।७८९५ नगद लाभांश गरी जम्मा १५।७८९५ लाभांश दिने प्रस्ताव पेश गर्नेछ।

श्वेत गंगा हाइड्रोपावरको साधारण सभा कुण्डलिनी दरबार ब्यांक्वट चण्डोल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा गत आवको वासलत, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरणहरु पेश गर्दैछ। यो वर्ष यस कम्पनीले लगानीकर्तालाई कुनै लाभांश प्रस्ताव गरेको छैन। 

हिमालयन पावर पार्टनरको वार्षिक साधारण सभा अम्रपाली ब्याक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ। कम्पनीले यसपटक पनि सेयरधनीहरुलाई कुनै लाभांश प्रस्ताव गरेको छैन। सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ।


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend