बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

वाणिज्य बैंकपछि विकास बैंकहरुले पनि घटाए ब्याजदर

शुक्रबार, पुस २९ २०७९
वाणिज्य बैंकपछि विकास बैंकहरुले पनि घटाए ब्याजदर

काठमाडौं- वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेसँगै विकास बैंकहरुले पनि माघमा ब्याजदर घटाउने निर्णय गरेका छन्।डेभलपमेन्ट बैंकर्स एसोसिएसनको  बिहीबार बसेको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

नेपाल बैंकर्स संघको बैठकले पनि माघ महिनाबाट वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घटाउने निर्णय गरिसकेको छ। बैठकले मुद्दति निक्षेपको ११ प्रतिशत कायम गर्ने निर्णय गरेको छ।

विकास बैंकहरुले पुसमा कायम ब्याजदरमा ०.८५ प्रतिशत घटाएर माघ महिनाका लागि मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत कायम गर्ने निर्णय भएको छ।

विकास बैंकहरूले पुस महिनामा ब्याजदर स्थिर राख्दै मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२.८५ प्रतिशत, संस्थागतर्फ १०.८५ र रेमिट्यान्समा १३.८५ प्रतिशत कायम गरेका थिए।


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend