काठमाडौं- चीनले हाइड्रोजन इन्धनबाट सञ्चालन हुने सवारीसाधन विकास तथा निर्माणलाई तीव्रता दिनका लागि भन्दै नयाँ प्रयोगशाला स्थापना गरेको छ।
हाइड्रोजन इन्धनबाट चल्ने सवारीसधानको निर्माण तथा विकासलाई तीव्रता दिनका लागि चीनमा राष्ट्रिय हाइड्रोजन पावर क्वालिटी इन्सपेक्सन तथा टेस्टिङ सेन्टर निर्माण भएको छ।
७ करोड ३९ लाख अमेरिकी डलरमा चीनले यस्तो सेन्टर निर्माण गरेको छ। यसमा हाइड्रोजनबाट चल्ने सवारीसाधनका लागि ब्याट्री र उपकरणको परीक्षण हुने छ। सम्बन्धित सवारीसाधनको सबै उपकरणको गुणस्तर परीक्षणको सुविधा हुने छ।
चाइना अटोमेटिभ इन्जिनियरिङ रिसर्च इन्सिच्युटले स्थापना गरेको यस्तो प्रयोगशाला चीनमा पहिलो हो।