सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

सेयर बजारमा भएको सुधार सरकारप्रति जनताको विश्वास हो : प्रधानमन्त्री प्रचण्ड

images
मंगलबार, पुस २६ २०७९
images
images
सेयर बजारमा भएको सुधार सरकारप्रति जनताको विश्वास हो : प्रधानमन्त्री प्रचण्ड

नयाँ सरकार आएसँगै समग्रमा बजारमा ३४४.०८ अंकको वृद्धि भइसकेको छ। 

images
images

काठमाडौं-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत माग्दै अहिलेको सरकारमा जनताले ठूलो विश्वास गरेको बताएका छन्। सरकार गठन भएयता सेयर बजारमा देखिएको सुधार त्यसैको प्रमाण भएको उनले बताए।

images
images
images

संसदमा विश्वासको मत माग्दै उनले भने 'अहिले सेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई सरकारप्रति जनताको विश्वासका रुपमा लिएको छु।' 

images
images

'वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार यो सरकारका लक्ष्य हुनेछन्' उनले भनेका छन्।  

images
images
images

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको सेयर बजारमा लगातार वृद्धि देखिएको छ। नयाँ सरकार आएसँगै समग्रमा बजारमा ३४४.०८ अंकको वृद्धि भइसकेको छ। 

पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा सुधार आइरहेको हो। 


प्रकाशित : मंगलबार, पुस २६ २०७९०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend