काठमाडौं- मंगलबार सुन तथा चाँदीको मूल्य घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ४ सय र चाँदी २५ रुपैयाँ घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।